स्याङ्जालाई गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेटको उपाधि

कुशुम गोदार बनिन् 'प्लेयर अफ द सिरिज'

पाेखरा | असार १०, २०८१

स्याङ्जालाई गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेटको उपाधि

पोखरा:    गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । 


पोखरा रंगशालाको क्रिकेट मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा स्याङ्जाले कास्कीलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो । 


उपाधि जितेको स्याङ्जाले १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । 


टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५ रन जोड्यो । स्याङ्जाका कुशुम गोदारले ३१ बल ३१ रन, जोत्सीका मरासिनीले १८ बलमा १४ र सिमा केसीले ३६ बलमा २४ रनको योगदान दिए । 


बलिङतर्फ कास्कीका सुशिला दिमदुङ र पुर्णिमा गुरुङले समान २/२ विकेट र रचना चौधरी,चन्द्रमाया बराल र रिया तामाङले १/१ विकेट लिए ।

 
१ सय ६ रनको लक्ष्य पछ्याएको कास्की २० ओभरमा ९ विकेट गुमाउँदै ६० रनमा समेटियो । स्याङ्जाका आकृति तिवारी, सिमाना केसी र रञ्जना साउदले समान ३/३ विकेट लिए । यस्तै जोत्सीका मरासिनीले १ विकेट लिइन् । स्याङ्जा प्रतियोगिताभर अपराजित रह्यो । 

 


प्रतियोगितामा सर्वाधिक रन जोडेका स्याङ्जाका कुशुम गोदार सर्वोकृष्ट खेलाडीसँगै उत्कृष्ट ब्याटर घोषित भइन् । उनले प्रतियोगिताभर ९७ रन बनाईन् । प्रतियोगितामा उत्कृष्ट बलर चन्द्रमाया बराल घोषित भईन । उनले प्रतियोगितामा ७ विकेट हात पारिन् । 


प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीमा व्यवस्थापनमा असार ७ देखि १० गतेसम्म गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । 


राउण्डरोविनको आधारमा सञ्चालन भएको खेलमा स्याङ्जा, कास्की, पर्वत र नवलपुरको सहभागिता रहेको थियो । 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्